इलाम , असोज १९ । इलामको सूर्योदय नगरपालिका – १३ स्थित किरण टोलमा ओएसीस डेरी उद्योग सञ्चालनमा आएको छ ।

तस्बिरः प्रविन विसी

४ जनाको शेयर रहेको उक्त डेरीको एक कार्यक्रमका बीच उद्घाट्न गरिएको हो । १६ लाख रुपैयाँको लागतमा सञ्चालनमा आएकोे उद्योगमा संकलित दुधबाट दही ,मोही ,घिउ , छुर्पी लगायतका परिकार बनाइने सञ्चालक रुपेन राईले बताए।
पछिल्लो समय दुग्धजन्य पदार्थको राम्रो भाउ नपाउँदा गाईपालक कृषकहरु मर्कामा परेका छ्न । किसानहरुलाई प्रोत्साहन गरी आत्मनिर्भर बनाउन गाउँमा नै डेरी उद्योग सञ्चालन गरिएको अर्का सञ्चालक सन्तोष राईले जानकारी दिए ।
रुपेन राई ,हिमाल राई, सन्तोष राई र दिपेश राईको संयुक्त लगानीमा सञ्चालित उद्योगमा सञ्चालन भएको पहिलो दिनमा १ सय ५० लिटर दुग्ध कृषकहरुबाट संकलन गरिएको थियो । संकटग्रस्त समयमा देशमा बेरोजगारी बढिरहेका बेला स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न यस प्रकारका घरेलु उद्योगहरुको भूमिका महत्वपूर्ण रहने सरोकारवालाहरुको भनाइ छ ।
( इलामबाट प्रविन विसीको सहयोगमा प्राप्त समाचार)

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्