युएई , असोज १९ ।युएईको बिश्वासिलो अल फरदान एक्सचेन्ज र हिमालयन बैंकको ’हिमाल रेमिट’ ले नेपालीहरुको महान पर्व दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै आफ्ना ग्राहकहरुको लागि ६ लाख रुपैयाँ राशिको आकर्षक उपहार योजना घोषणा गरेका छन् ।

युएईभरि ६० भन्दाबढी शाखा भएको अल फरदान एक्सचेञ्जबाट हिमाल रेमिटमार्फत पैसा पठाउने जो कोही नेपाली ग्राहक यो योजनामा सहभागी बन्न सकिने हिमाल रेमिटका प्रतिनिधि गोकुल ज्ञवालीले जानकारी दिएका छन् ।
अक्टोबर १ देखि लागू भएको यो योजनाअन्तर्गत तीन जनाले जम्मा ६ लाख रुपैयाँ पाउनेछन् । नोभेम्बर १४ सम्म चल्ने यो योजनाको बम्पर पुरस्कार ६ लाख रुपैयाँको रहेको र यी पुरस्कार प्राप्त गर्न अल फरदान एक्सचेञ्जबाट नेपालमा हिमालय बैंक अथवा हिमाल रेमिटका आधिकारिक एजेन्टमार्फत आफन्तले पैसा निकाल्न सक्नेगरी युएईबाट रेमिट्यान्स गर्नुपर्ने अल फरदान एक्सचेञ्ज विभाग हेर्ने हिमायन बैंकका युएई प्रतिनिधि ज्ञवालीले बताए ।
६ लाख रुपैयाँको बम्पर पुरस्कारका साथै यस योजनामा हरेक हप्ता लक्की ड्रमार्फत बिजेता घोषणा गरी आकर्षक उपहारहरु मोबाइल, टिभी, राइस कुकरलगायतका इलेक्ट्रोनिक सामग्रीहरु पनि उपहारस्वरूप प्रदान गरिने रेमिटले जनाएको छ । यस योजनामा भाग लिई यसपालिको दश–तिहार र छठलाई उत्सवमय साथै उपहारमय बनाउनका लागि युएईमा रहनुहुने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले युएइको अल फरदान एक्सचेन्ज (Al Fardan Exchange ) मार्फत हिमाल रेमिटबाट पैसा पठाउन हिमालय बैंकले आग्रह गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्