दमक, असोज १९ । झापाको दमक ४ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठान प्राविधिक शिक्षालयमा कार्यरत एक जना कर्मचारी आज मृत फेला परेका छन् ।
सो प्रतिष्ठानमा कार्यरत मोरङ उर्लावारी नगरपालिका वडा नम्बर ५ बस्ने ४५ बर्षिय मुक्तिनाथ दाहाल आज दिउँसो १२ ः १० बजेतिर मृत भेटिएको प्रहरीले जनाएको छ । मृतक प्रतिष्ठानको लेखापाल भएको बताईएको छ ।
मृतक शिक्षालयको एक कक्षा कोठामा फेनमा प्लाष्टिकको डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए । घटनाका बारे आवश्यक अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।