दमक, असोज २४ । लिम्बु समुदायका लावती जातिले पहिलोपटक संग्रहित वंशावली निकालेका छन् । झण्डै १ सय ८० बर्ष पुरानो जातीय इतिहास समेटेको पापोहाङ्ग लावती लिम्बु जातिको बंशावली पुस्तक आज दमकमा सार्वजनिक गरिएको हो ।

किराती समुदायका लिम्बु जातिमध्येका लावती थरका जातिले ५४ पुस्तालाई समेटेर २ सय ८४ पृष्ठको वंशावली पुस्तक सार्वजनिक गरेको हो । सो पुस्तक समुदायका अगुवा खड्गबहादुर लावती, ज्ञानुदय लावती र जितबहादुर लावतीले संयुक्तरुपमा लोकार्पण गरे ।
छैटौ शताव्दीदेखि लिम्बु जातिले गरे भोगेका र बसोवासको थातथलोलाई समेटेर पछिल्लो पुस्ताले बीस बर्ष लगाएर पुस्तक तयार गरिएको पत्रकार समेत रहेका प्रकाशन समूहका महासचिव विजयबोध लावतीले बताए ।
देशभर छरिएर रहेका २५ सयबढी घर धुरीलाई समेटेर भव्य कार्यक्रमकाबीच गर्ने भनिएको कार्यक्रम कोराना भाइरस संक्रमणका कारण निश्चित पदाधिकारी र अगुवाहरुबीच सार्वजनिक गरिएको आयोजक पापोहाङ्ग लावती सयङले जनाएको छ । कार्यक्रममा यसअघि विक्रम सम्बत् १९८९ देखि हस्त लिखितबाट बंश संकलन गर्ने नवापसिंह, शेरबहादुर, कृष्णबहादुर लावतीको तस्वीरमा माल्यार्पण गरिएको छ । यी चार जनाले विभिन्न कालखण्डमा संकलन गर्दै आएको हस्तलिखित बंशावलीलाई पाँचौ चरणमा प्रकाशन गरिएको पापोहाङ लाओती सयङ केन्द्रीय समितिका महासचिव कान्छा लावतीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्