बिर्तामोड ,असोज २४ । नेपाली कांग्रेसका पूर्व केन्द्रीय कोषाध्यक्ष रामबाबु प्रसाई(खनुपरुदे) को ९९ बर्षमा भएको निधनप्रति दुःख ब्यक्त गर्दै नेपाली काँग्रेस बिर्तामोड १० नम्बर वडा समितिले शोकसभा गरेको छ ।

शोकसभालाई सम्बोधन गर्दै काँग्रेसका अग्रज नेता पूर्व सांसद डिल्लीप्रसाद सिटौलाले रामबाबुको निधनले इतिहासको एउटा मजबुत स्तम्भको भौतिक रुपमा अन्त्य भएपनि रामबाबुले छोडेको सत्य र निष्ठाको बाटोलाई आजका तमाम लोकतन्त्रवादीले अनुसरण गर्नुपर्ने बिचार ब्यक्त गरे ।
नेता सिटौलाले नेपालको प्रजातान्त्रिक आन्दोलन र पार्टीलाई पुर्याएको विशिष्ठ योगदानको सम्मान गर्दै नेपाली कांगे्रस झापाले तीनदिन जिल्ला पार्टी कार्यालयमा आधा झण्डा झुकाउने पनि बताए ।
शोकसभामा विशिष्ट अतिथिको रुपमा बोल्दै नेपाली कांग्रेसका जिल्ला सदस्य जलकुमार गुरुङले बिर्तामोड खानेपानी तथा कृषि थोकका लागि ठाउँ दिएर रामबाबुले बिर्तामोडबासीलाई ठूलो गुण लगाएको बताए ।
नगर सभापति भोजराज सिटौला ,क्षेत्रीय सभापति (ख) का नविन बिमली, वडा अध्यक्ष दुर्योधन गुरुङ ,पूर्व वडा सभापति यामबहादुर गुरुङ , वडा सदस्य अर्जुन सिटौला ,दिपिका शिवा सबैले रामबाबुको चिरशान्तिको कामना गरेका थिए । नेपाली काँग्रेस १० नं वडा समितिका कार्यवाहक सभापति मदनकुमार गुरुङको सभापतित्वमा भएको शोकसभाको सञ्चालन नेपाली कांग्रेसका कार्यवाहक सचिब रुद्र खतिवडाले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्