बिर्तामोड, असोज २४ । नारी संकल्प संस्था बिर्तामोडको दोस्रो साधारणसभा सम्पन्न भएको छ ।

संस्थाकी अध्यक्ष तुलसा मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड–१ का वडाध्यक्ष अग्नि पाण्डेको प्रमुख आतिथ्य रहेको थियो । संस्थाले वर्षभरि गरेका कामको विवरण प्रस्तुत गर्दै संस्थाकी अध्यक्ष मैनालीले महिलालाई आत्मनिर्भर बनाउन सकेमात्रै हिंसाबाट मुक्ति मिल्ने बताइन् । कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बलराम कार्की, वडा कार्यालयका प्रेमकुमार खरेल, नेपाल उद्यमशील महिला संघकी अध्यक्ष पार्वता बिमली(खरेल), महिला मुक्तिकी अध्यक्ष राधा सुब्बालगायतले शुभकामना ब्यक्त गरेका थिए ।
हरेक साधारण सभामा एक जना बृद्धालाई सम्मान गर्ने कार्यक्रमअन्तर्गत बिर्तामोड–१ निवासी ८९ वर्षीया सावित्रा बस्नेतलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । गत वर्ष जानुकादेवी सेढाईलाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाकी कोषाध्यक्ष दिपा भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने औचित्यमाथि सह–सचिव आशा बानियाँ(उप्रेती)ले प्रकाश पारेकी थिइन् । सहभागीलाई संस्थाकी सदस्य तिलरुपा श्रेष्ठले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव हिमा प्रसाईले गरेकी थिइन् । संस्थामा हाल ३८ जना सदस्य रहेको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्