‘यदि तिमीले आफ्नो सपना निर्माण गरेनौँ भने अरु कसैले तिमीलाई किन्छ र आफ्नो सपना पूरा गर्छ’ यो भनाइ आजभोलि सामाजिक सञ्जालमा धेरै चर्चा भएका दाजुभाइ कापिता एवम् रिलायन्स ग्रुपको छातामुनि आफ्नो साम्राज्य खडा गरेर छोराहरुलाई हस्तान्तरण गरेका धिरुभाइ अम्वानीको भनाइ हो । विश्वमा आज सफल व्यक्तिको इतिहास हेर्ने हो भने ग्रास लेभलबाट आएका व्यक्तिहरु कल्पनाभन्दा माथिको उचाईमा पुगेको पाउँछौ ।

आजभोलि यिनै सफल अम्वानीका छोराहरुको समाचारले अनलाइन तातेका छन् । २००४मा बाबु धिरुभाइ अम्बानीको मृत्युपछि दाजुभाइले बराबर सम्पत्ति बाँडेका थिए । सम्पत्तिको कारणले दाजुभाइमा झगडा पनि भएको थियो । झगडाको कारणले गर्दा दाजुभाइमा सम्वन्ध राम्रो थिएन । हामी हाम्रो समाजमा हेर्ने हो भने पनि यस्तै भेट्ने गर्दछौँ । सानो हुँदादेखि दाजुभाइको सम्वन्ध घनिष्ट रहन्छ, समयसँगै दाजुभाइको मेलमिलाप बढ्दै जान्छ । कतिजनाको सम्वन्ध विवाहपश्चात् बिग्रिएर जान्छ भने कतिजनाको सम्पत्ति बाँडफाँडमा गएर बिग्रिन्छ । जुन परिवारमा झँैझगडा भएको हुन्छ, त्यहाँ खासै प्रगति पनि देखिदैन । तर, जुन परिवारमा मेलमिलाप रहन्छ, पैसा भन्दामाथि सम्वन्ध रहन्छ त्यहाँ सुख हुन्छ अनि समृद्ध परिवार रहन्छ ।

अम्वानी परिवारले जीवनमा यो कल्पना पनि गरेको थिएनन् होला जसरी विश्वका धनीको सूचीमा पर्न सकिन्छ भनेर तर मेहनत ,परिश्रम र परिवारको साथले त्यो हासिल गरेका थिए । एउटा बाबुका लागि सन्तान समान रहन्छन् । दुई छोरा हुँदां बाबु कति खुसी थिए होला जसरी हाम्रो हरेक अंक दुईवटा रहेका छन् । आँखा दुईवटा, हात दुईवटा, खुट्टा दुईवटा, कान दुईवटा । धिरुभाइलाई दुईवटा छोरा हुँदां अवश्य पनि संसारको सबै चिज प्राप्त गरे भन्ने लागेको थियो होला ।

दाजुभाइलाई बराबर सम्पत्ति बाँडेका अम्वानी परिवारका दुई छोराको आजको समाचारले विश्वलाई चकित पारेको छ । जेठो छोरा मुकेश अम्वानीको प्रतिदिनको कमाई ९० कोरोड भनेर समाचार भाईरल भइरहँदा अर्का भाइको समाचार ‘अर्बपति’ अनिल अम्बानीको सम्पत्ति एउटा कारमात्रै ? शीर्षकको समाचार चर्चामा रहेको छ । भारत मात्र हैन विश्व नै अनिल अम्बानीले आफ्नो सम्पति यतिमात्रै छ भन्दा चकित परेको छ । सन् २००८ मा फोव्र्सले प्रकाशित गर्ने विश्वभरका धनाढ्यहरुको सूचीमा छैठौँ स्थानमा परेका अनिल अम्बानीसँग ४२ अर्व अमेरिकी डलर बराबरको सम्पत्ति थियो । १२ वर्षको अबधिमा उनी अकल्पनीय रुपले टाट पल्टिएका छन् ।

दाजुभाइको सम्वन्ध चिसिएपछि दाजुभाइमा खासै सरसल्लाह हुँदाको परिणाम यो अवस्थालाई मान्न सकिन्छ । सन्तान जन्मदा बाबुआमा त खुसी हुन्छन् नै भाइको आगमनले दाजुलाई झनै हर्ष मान्नु पर्दछ । रगतको सम्वन्ध, संघर्षका साधक, सुखदुखका पल, एउटा परिवारमा दाजुभाइले व्यतित गरेको हुन्छ । बुवाको मेहनत र संघर्ष, आमाको मायालाई बाल्यकालदेखि नियालेको हुन्छन् । सुताई सँगै, उठाई सँगै, स्कुल सँगै स्कुलको होमवर्क दाजुले सिकाई दिएको क्षण दाजुभाइका सम्वन्धभित्र पर्दछन् । भाइ अनिललाई दिनप्रतिदिन ऋणको बोझले थिचिरहेको थियो । अदालतले भाइलाई ऋण नतिरे जेल जानु पर्नेसम्मको अवस्था आउँदा दाजु मुकेश अम्वानीले पुरानो तिक्तता र मनमुटाब बिर्सेर अनिलको साढे ५ अर्व भारु तिरिदिए र भाइलाई जेल जानबाट जोगाए ।
यसले धनाढ्य दाजुभाइको सम्वन्धमा नयाँ बहार आयो । दाईले ऋण तिरिदिएपछि सन्तोषको सास फेर्दै अनिलले वक्तव्य मार्फत् भनेका थिए । कठिन समयमा मैले परिवारबाट सहयोग पाएको छु । जतिबेला मलाई सबैभन्दा बढी सहयोग चाहिएको थियो मेरो परिवार मेरो लागि अगाडि सर्यो । यसले हाम्रो परिवारको दह्रो मूल्य मान्यतालाई दर्शाउँछ भनिरहँदा परिवारको साथले उनीमा ऊर्जा ल्याएको थियो । हौसला र साहस परिवारको साथले हुने गर्दछ ।

विश्वका धनाढ्यका सूचीमा पर्न सक्ने धिरुभाई अम्वानीका दुई छोरा जसले बाबुको नामलाई उच्च बनाएका थिए । बाबुको कर्मलाई सार्थक पार्दै व्यावसायिक सफलता प्राप्त गर्नु बाबुको शिक्षालाई मान्नु पर्दछ । समाजमा हेर्दा अनिल र मुकेश अम्वानीमात्र हैन सम्पत्तिको कारणले तिक्तता आउने धेरै त्यस्ता परिवार, दाजुभाई होलान् जसले सम्पत्तिको कारणले मेलमिलाप हुन सकेको छैन । जुन परिवारमा सम्पत्ति छैन त्यो परिवारमा मेलमिलाप छ । सुखसँगै दुख बाँडेका छन् एक आपसमा रमाएका छन् । तर सम्पत्ति नै त्यो चिज हो, जसले परिवारमा तिक्तता ल्याई दिन्छ । दाजुभाइको सम्वन्ध मेटाइदिन्छ ।हामीले महत्व परिवारलाई दिने हो भने सम्पत्ति महत्वपूर्ण चिज नवन्न सक्छ । परिवारको शक्ति जस्तो सम्पत्ति सायदै हुन सक्दैन । हिन्दीमा भनाइ छ – ‘भाईफुटे गवार लुटे’ । यो भनाइ यत्तिकै आएको हैन यसमा यथार्थता छ त्यसैले पनि धेरै प्रचलनमा रहेको छ ।

हामी ठूलो भयो भने त भाइ र म छुट्टिएर बस्नुपर्छ । अंशबण्डा गरी फुटेर बस्नु पर्छ ।भाइ मसँग बोल्दैन, मनको कुरा उसले खोल्दैन , ऊ र मसँगै घुम्न पाउदैनौं । गीत गाउँदै झुम्न पाइदैन, मेरो कुरा उसलाई मन पर्दैन, उसको कुरा मलाई मन पर्दैन । ऊ बस्ने ठाउँ मलाई टेक्न मन लाग्दैन, म उसको घर अगाडी हिडेको उसलाई मन लाग्दैन , त्यसैले बुवा यो दशैमा मलाई ठूलो मान्छे हैन सानै मान्छे बनिरहनु भनेर आशिर्वाद दिनु है !

जीवनमा सम्पत्ति आवश्यक होला तर, सम्पत्तिभन्दा पहिला हाम्रो सम्वन्ध बनेको हुन्छ । जब हामी सानो हुन्छौँ, हामीलाई सम्पत्तिभन्दा सम्वन्ध ठूलो लाग्छ । जब हाम्रो मानसिकता बढ्छ अनि हामीलाई सम्वन्धभन्दा सम्पत्ति महत्वपूर्ण लाग्छ । सम्पत्ति जति धेरै आर्जन हुन्छ ,हाम्रो सम्वन्धमा त्यति नै दुरी कायम हुन्छ । सम्वन्धहरु हामी पैसामा तुलना गर्न थाल्छाँै ।आफूभन्दा कम आर्थिक हैसियत भएकालाई आफ्नो मान्छे भन्न सरम लाग्छ । हिजोसँगै बिताएका पलहरु भुलेर आफ्नो हैसियत ठूलोे भएकोमा अहमता अपनाउँछौँ । सानो घर भएकासँग मन पनि सानो गर्छौँ । सम्वन्ध भवनसँग तुलना गर्दछौँ । मन, भावनाभन्दा पनि भवनले मानिसको परिचय बनाउने हाम्रो समाज भएको छ । बुवा मलाई ठूलो मान्छे बन्नु भनेर आशिर्वाद नदिनु है किनकी मलाई मेरो भाइसँग खेल्न अझै पुगेको छैन । सुखदुख अझै झेल्न पुगेको छैन । तर, हामी ठूलो भयो भने त भाइ र म छुट्टिएर बस्नुपर्छ । अंशबण्डा गरी फुटेर बस्नु पर्छ ।भाइ मसँग बोल्दैन, मनको कुरा उसले खोल्दैन , ऊ र मसँगै घुम्न पाउदैनौं । गीत गाउँदै झुम्न पाइदैन, मेरो कुरा उसलाई मन पर्दैन, उसको कुरा मलाई मन पर्दैन । ऊ बस्ने ठाउँ मलाई टेक्न मन लाग्दैन, म उसको घर अगाडी हिडेको उसलाई मन लाग्दैन , त्यसैले बुवा यो दशैमा मलाई ठूलो मान्छे हैन सानै मान्छे बनिरहनु भनेर आशिर्वाद दिनु है !

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्