बिर्तामोड, असोज २५ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरस (कोभिड(१९) पुष्टि भएको छ । शनिबार ज्वरो आएपछि पाटन अस्पताल भर्ना भएका थिए । परीक्षणका क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले बताए । उनका अनुसार मन्त्री पोखरेल अहिले पनि अस्पतालमै छन् ।


यसअघि शनिबार पर्यटनमन्त्री योगेश भट्टराईलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । आफूलाई संक्रमण भएको जानकारी मन्त्री भट्टराईले सामाजिक सञ्जालबाट दिएका छन् । शनिबार गरिएको परीक्षणबाट उनमा कोरोना पुष्टि भएको हो । भट्टराईले कोरोना संक्रमणपछि लक्षणका रुपमा आफूलाई हल्का ज्वरो आएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्