बिर्तामोड , असोज २५ । पूर्वाञ्चल क्यान्सर हस्पिटलका ९ सहित बिर्तामोड नगरपालिकामा आज १५ जनालाई संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा पूर्वाञ्चल क्यान्सर हस्पिटल बिर्तामोडका मेडिकल सुपरिन्टेन्डेन्ट डा. वीरेन्द्र यादव पनि रहेका छन् । विराटनगरको विराट मेडिकल कलेजमा पिसिआर परीक्षण गराउँदा उनीहरुमा पोजिटिभ देखिएको हो । क्यान्सर रोग विशेषज्ञ डा. यादव आफैले पनि आइतबार विहान सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए ।उनले आफू निको नभएसम्म ओपिडी सेवामा उपस्थित हुन नसक्ने जनाएका छन् । तर, हस्पिटलले त्यसबारे जानकारी दिन खोजेको छैन । त्यस्तै बिर्तामोडमा सेन्चुरी बैंकमा कार्यरत एक कर्मचारीलाई पनि संक्रमण पुष्टि भएको छ । त्यस्तै वडा नं १ , २ र ३ का अन्य पाँच जनालाई संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्