एजेन्सी । डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स एकपटक फेरि आईपिएलको अंकतालिकाको शीर्ष स्थानमा पुगेको छ ।

मुम्बईले गएराति अबुधाबीमा खेलाइएको आईपिएलको २७ औ म्याचमा दिल्ली क्यापिटल्सलाई पाँच विकेटले हराएको हो ।
दिल्लीले मुम्बई सामु जितका लागि १६३ रनको लक्ष्य राखेको थियो । मुम्बईले त्यसलाई २० ओभरमा पाँच विकेट गुमाउँदै हासिल गरेको थियो । मुम्बईले सो लक्ष्य दुई बल बाँकी रहँदै हासिल गरेको हो ।
त्यस्तै आईपीएल टी–२० क्रिकेटमा आइतबार भएको पहिलो खेलमा राजस्थान रोयल्सले रोमाञ्चक जित निकालेको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा राजस्थानले सनराइजर्स हैदराबादलाई पाँच विकेटले हराएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको सनराइजर्सले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ५८ रन बनाएको थियो । उसका लागि कप्तान डेभिड वार्नरले ४८ रन र मनिष पाण्डेले ५४ रन बनाए । बलिङतर्फ राजस्थानका लागि जोफ्रा आर्चर, कार्तिक त्यागी र जयदेव उनादकटले समान एक एक विकेट लिए ।
एक सय ५९ रनको लक्ष्य पछ्याएर मैदानमा उत्रिएको राजस्थानले एक बल बाँकी छँदा भेट्टायो । उसका लागि राहुल तेवतियाले ४५ र रियान परागले ४२ रनको नटआउट पारी खेले । बलिङतर्फ खलील अहमद र राशिद खानले समान दुई —दुई विकेट लिए । यो खेलमा दुई अङ्क बटुल्दै राजस्थान छैटौँ स्थानमा उक्लिएको छ भने सनराइजर्स पाँचौँ स्थानमा छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्