भद्रपुर, २८ असोज । यस वर्षको गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार दोलखा निवासी सृजना कार्कीलाई प्रदान गरिने भएको छ ।

रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठान भद्रपुर–७ ले प्रत्येक वर्ष सो पुरस्कार वितरण गर्दै आएको छ । विगत १८ बर्षदेखि आफ्नो सम्पूर्ण ऊर्जा र समय संकटापन्न अवस्थामा रहेका बालबालिका, जेष्ठ महिला, अपाङ्ग महिला, मानसिक रुपमा असर परेका महिला, किशोरीहरुको पुनस्र्थापना कार्यमा समर्पित दोलखाको झुले निवासी समाजसेवी तथा महिला अधिकारकर्मी कार्कीलाई सो पुरस्कार प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले बताए । पुरस्कारको राशि एक लाख एक हजार एक सय एघार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्