एजेन्सी । गएराति दुबईमा भएको आईपिएलको ३० औं म्याचमा दिल्ली कैपिटल्सले राजस्थान रोयल्सलाई १३ रनले हराएको छ ।

राजस्थानसामु दिल्लीले जितका लागि १६२ रनको लक्ष्य राखेको थियो । राजस्थानको टीमले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै मात्र १४७ रन बनाउन सक्यो । यो जितसँगै दिल्ली अंकतालिकामा आठ म्याचमा ६ जीत र १२ अंकसहित शीर्ष स्थानमा पुगेको छ ।राजस्थान रोयल्स आठ म्याचमा पाँच हार र तीन जीतका साथ ६ अंकले सातौ. स्थानमा रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्