भद्रपुर, असोज २९ । विश्व हात धुने दिवसको अवसर पारेर भद्रपुरमा साना हातहरू नेपाल भद्रपुर र बालमैत्री सरोकारवाला समिति भद्रपुर नगरपालिकाको आयोजनामा हातधुने कार्यक्रम सम्पन्न गरिएको छ ।

भद्रपुर ७ स्थित बखतुबारी तथा भद्रपुर ८ सन्थाल गाउँमा हातधुने कार्यक्रमको आयोजना गरेर दिवस मनाइएको हो । कार्यक्रममा हात कसरी धुने भन्ने बिषयमा सिकाउँदै कोरोना तथा अन्य सरुवा रोगहरूबाट बच्न सचेतना दिइएको थियो । कार्यक्रममा सहभागी सबैजनालाई साबुन राख्ने बक्स र साबुन वितरण गरिएको थियो ।
यसैगरी भद्रपुर नगरपालिकाको आयोजना तथा साना हातहरू भद्रपुरको सहकार्यमा भद्रपुर ३ को नयाँबस्तीस्थित सन्थाल गाउँ र मेची आधारभूत विद्यालयमा साबुन तथा माक्स वितरण गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्