झापा , कात्तिक २ । दशैं मान्न भारतबाट ओखलढुँगा घर फर्किँदै गरेका व्यक्तिहरु चढेको स्कोरपियो उदयपुरको कटारीमा सडक दुुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

ज्यान जाने सबैको पहिचान भइनसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए । मृत्यु भएकामध्ये दुईजना ओखलढुँगाका ३० वर्षिय रामबहादुर सार्की र २६ वर्षीय कर्मी सार्की छन् । अन्य तीनको पहिचान खुल्न बाँकी रहेको प्रहरीले बताएको छ । डिएसपी गौतमका अनुसार बा २०प ७१७१ नम्बरको स्कोरपियो गाडी सिद्धिचरण राजमार्गको कटारी सडकखण्डस्थित भदौरे भन्ने भीरबाट खसेको हो । गाडीमा सवार अन्य तीन व्यक्ति घाइते भएका छन् । उनीहरुलाई विराटनगर पठाएको गौतमले जानकारी दिए । उनले उनीहरु सबै भारतमा काम गरेर भैरहवाबाट गाडी रिजर्भ गरि घर फर्किँदै गर्दा गएराति १२ बजे गाडी दुुर्घटनामा परेको जनाइएको छ ।
घाइते मध्ये चालक रुपन्देहीका २८ वर्षीय पवन खड्का गम्भीर घाइते छन् । अन्य घाइते हुनेहरुमा ओखलढुँगा मानेभन्ज्याङकी २८ वर्षीया कुमारी सार्की र २२ वर्षीया कल्पना सार्की रहेका छन् । उनीहरुलाई थप उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जानकारी दिएको छ । उनीहरु सबैजना भारतबाट दशैं मान्न घर फर्किएका थिए । उनीहरु भैरहवा क्वारेन्टाइनमा बसेर गाडी रिजर्भ गरेर घर फर्कंदै गरेको खुलेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्