झापा , कात्तिक २ । साझा युवा संगठन प्रदेश नम्बर १ ले झापा जिल्ला समिति घोषणा गरेको छ ।

शनिवार अनलाइनमार्फत घोषणा गरिएको झापा जिल्ला समितिको नेतृत्वमा बिर्तामोड निवासी राजेन्द्र खनाल चयन भएका छन् ।त्यस्तै सचिवमा कमल गाउँपालिकाका भवानी सापकोटा तथा सदस्यहरुमा कमलका मनोज गौतम, विनोद खवास, बाह्रदशीका प्रदीप तिम्सिना, हल्दिवारीका नितेश ओली, विकास चौहान, सागर कार्की, कन्काईका आचार्य मदनमोहन अधिकारी, कमलका क्षितिज ढुङ्गगेल,बिर्तामोडका नवीन बराल,कमलका नवराज खड्का,कमलका देवराज पौडेल, कन्काईका विन्दुराज दाहाल, बिर्तामोडका तुलसी खतिवडा, कमलका दिवस न्यौपाने, कमलका रबिन खड्का, दमकका रोहित बुढाथोकी, शिवसताक्षीका केशव ढकाल, भद्रपुरका मनकुमार वन, कमलका अनुप न्यौपाने, बुद्धशान्तिका रोशन ढकाल, गौरादहका आशिष सुवेदी, दमकका जय बिमली, कनकाईका प्रकाश प्रसाईं, बिर्तामोडकी सरिता थापा, बिर्तामोडका खगेन्द्र मैनाली, बुद्धशान्तिका राजेन्द्र अधिकारी, मेचीनगरका अमृत शर्मा, बिर्तामोडका रविन कोईराला, बिर्तामोडकी ज्योति श्रेष्ठ, अर्जुनधाराका मुकेशकुमार जैन, मेचीनगरकी आरती आचार्य, दमककी सीता खड्का, बिर्तामोडका नवीन उप्रेती, कमलका जीवन सापकोटा, कमलका रुद्र पानस, दमकका भुपाल राई, कमलका नवराज अधिकारी, बिर्तामोडका तेजस थापा, कमलका संजय अधिकारी, झापा गाउँपालिकाका विनोद खड्का र बाह्रदशीका सन्तोष ओली रहेका छन।
साझा युवा संगठनले बिभिन्न पृष्ठभूमिका युवाहरुलाई समेट्दै आफ्नो संगठनलाई जिल्लाका हरेक स्थानीय निकाय र वडा तहसम्म पुर्याउने र आउने निर्वाचनमा बैकल्पिक राजनीतिलाई थप शसक्त बनाउँदै राजनीतिमा युवाहरुको सकारात्मक हस्तक्षेप निर्माण गर्ने लक्ष्य लिएको छ।
सबै स्थानीय तहका युवा साथीहरुलाई समेटेर बनाइएको जिल्ला समितिले बैकल्पिक राजनीति र नयाँ युवा अभियानलाई शसक्त बनाउने आत्मबिश्वासलाई अझै दृढ बनाएको साझा पार्टीका झापा जिल्ला अध्यक्ष मेदनी प्रसाईले बताए ।उनले यो पूर्ण कमिटी नभएर छिट्टै सबै जातजाति र समुदायको प्रतिनिधित्व हुने गरी पूर्णता दिइने जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्