दमक, कार्तिक ३ । नेपाली कांग्रेसकी सांसद तथा नेतृ महेन्द्रकुमारी लिम्बुले दशैंभत्ता नलिने घोषणा गरेकी छन् ।

संघीय संसदकी सदस्य रहेकी लिम्बुले दमक ८ स्थित आफनै निवासमा आज पत्रकार सम्मेलन गरी भत्ता नलिने घोषणा गरेकी हुन् ।
कोरोना महामारीको यस विषम परिस्थितिमा पनि सांसदहरुलाई दशैंभत्ता उपलब्ध गराउने कुरा सरकारले सोच्न समेत नहुने उनले बताईन् । उनले भनिन्,–‘देशभित्र कोरोना महामारीको संकटको घडीमा जनप्रतिनिधिहरुले दशै भत्ता लिनु कदापि उचित हुदैन । ’
दशैंभत्ताबापत सचिवालयले प्रत्येक सांसदलाई जनही ६४ हजार ७० रुपैयाँ उपलव्ध गराउँदै आएको छ ।
यसैगरी सांसद लिम्बुले नागरिकको कोरोना परीक्षण र उपचार निःशुल्क गर्नबाट पछि हटेकोमा आपत्ति जनाउदै निर्णय सच्याउन माग गरिन् । कोरोना संक्रमितको उपचार राज्यले गर्नुपर्ने भन्दै त्यस दायित्वबाट राज्य पछि हट्न नहुने भन्दै उनले जनताको कोरोना परीक्षण गर्न र उपचार निःशुल्क रूपमा गरेर महामारीबाट जनतालाई जोगाउन लाग्नु पर्ने माग गरिन् ।
कांग्रेसले संघीय संसदमा प्रतिनिधित्व गर्ने सवै सांसदको दशैभत्ता कोरोना उपचार कोषमा जम्मा गरिने निर्णय भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्