हल्दिबारी , कात्तिक ३ । नेपाली कांग्रेस हल्दिबारी ५ नं वडा समितिको आयोजनामा नजिकिदै गरेको चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली कांग्रेस हल्दिबारी ५ का वडा सभापति देवीप्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेका क्षेत्र न ३ सभापति गणेश पोखरेल र विशिष्ट अतिथि जिल्ला सल्लाहकार सदस्य भुपाल बस्नेत रहेका थिए । कार्यक्रममा जिल्ला सदस्य पुस्तकराज नेपाल, रेवतीरमण नेपाल, बडाराम हेमरम, वडाध्यक्ष होम चुडाल, , हल्दिबारी गाउँ सभापति दिलिपकुमार माबो ,नेबि संघ नेता पारस तिम्सिना, क्षेत्रीय प्रतिनिधि कृष्ण प्रसाई, वडा सभापति भिम फ्याक, सुवास बाराकोटीलगायत तरुण दल महिला संघ र नेबि. संघका बिद्यार्थीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वडा समितिद्वारा नेबि संघका बिद्यार्थीहरुलाई लक्षित गरी आयोजित तीनदिने उद्घोषण तालिममा सहभागीहरुलाई प्रमाणपत्र र प्रशिक्षक देबिका अधिकारीलाई सम्मानपत्र वितरण गरिएको थियोे । कार्यक्रमको संचालन वडा न ५ का सचिब किरण दंगालले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्