बुद्धशान्ति, कार्तिक ४ । बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

छातीमा समस्या आएपछि विराटनगरको नोवेल अस्पतालमा उपचाररत् अध्यक्ष भुजेललाई कोरोना पोजेटिभ देखिएको बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईले बताएका छन् ।
अध्यक्ष भुजेललाई र्यामडिसिवर इन्जेक्सन प्रयोग गरिएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । अध्यक्ष भुजेलसँग सम्पर्कमा आएका र बुद्धशान्तिमा पिसिआर जाँच गरेर रिपोर्टको पर्खाइमा रहेका सबैलाई सुरक्षित तबरले होम क्वारेन्टाइनमा बस्न गाउँपालिकाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्