गौरीगञ्ज , कात्तिक ४ । अबैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको पटाका प्रहरीले बरामद गरेको छ । हिजो बेलुका ७.३० बजेतिर गौरीगञ्ज गाउँपालिका वडा नं २ बिरपुरमा प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरी टोलीले ५५ हजार मूल्य बराबरको पटाका बरामद गरेको हो ।

भारतबाट नेपालतर्फ मोटरसाईकलमा पटका ल्याउँदै गरेको अवस्थामा प्रहरीलाई देखेर पटका छाडी फरार भएका थिए । २८ बण्डलको पटका प्रहरी चौकी कोरोबारीमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्