दमक,कार्तिक ५ । पल्लो किरात लिम्बुवान राष्ट्रिय मञ्चले हरेक वर्ष कार्तिक ७ का दिन मनाउँदै आएको संयुक्त राष्ट्रसंघको स्थापना दिवस यस वर्ष कोरोना महामारीका कारण औपचारिक कार्यक्रम नराखिएकाले घरैमा बसेर दीप प्रज्वलन गर्न आग्रह गरेको छ ।

मञ्चका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद योङयाले बुधबार एक विज्ञप्ति निकालेर मञ्चले हरेक बर्ष विभिन्न कार्यक्रमको आयोजना गरि मनाउँदै आएको संयुक्त राष्ट्रसंघको स्थापना दिवस यस वर्ष विश्वभर फैलिएको कोरोना महामारीका कारणले औपचारिक कुनै पनि कार्यक्रम नगरिएको भन्दै घरैमा बसेर शान्तिका लागि दीप प्रज्वलन गर्न आग्रह गरेका हुन् ।
कोरोनाले गर्दा यस वर्षको राष्ट्रसंघको स्थापना दिवसमा भेला,जमघट गरेर कुनै पनि कार्यक्रम नराखिएको विज्ञप्तिमार्फत जनाईएको छ ।
पूर्वमा छुट्टै लिम्बुवान राज्य स्थापनाका लागि आन्दोलन गर्दै आएको सो मञ्चले कार्तिक ७ गते संयुक्त राष्ट्रसंघको स्थापना दिवस ,चैत १० लाई शान्ति दिवस,मंसिर २४ मा मानवअधिकार दिवसमा विभिन्न कार्यक्रम गर्दै आएको छ । पूर्वका नौ वटा जिल्लामा मञ्चले शान्तिपूर्ण कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष योङयाले बताए ।
मञ्चले विभिन्न समयमा उठाउँदै आएको आफना मागहरुका बारेमा नेपाल सरकारले चासो नदिएको उल्लेख गुनासो गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्