एजेन्सी । आईपिएल—१३ मा गएराति अबुधाबीमा भएको खेलमा दुई पटकको च्याम्पियन कोलकाता नाइट राइडर्सलाई हराउँदै रोयल च्यालेन्जर्स बैंगलोर दोस्रो स्थानमा उक्लिएको छ ।

टस जितेर कोलकाताले ब्याटिङ राजेपछि बैगलोरका बलरहरुले घातक बलिङ गर्दै कोलकातालाई निर्धारित २० ओभरमा ८ विकेटमा मात्र ८४ रनमा रोकिदिए । त्यसपछि बैंगलोरका ब्याट्समेनहरुले मात्र दुई विकेट गुमाउँदै जीतका लागि ८५ रनको लक्ष्य सहजै हासिल गरे । यो जीतसँगै बैंगलोर अंकतालिकामा १० म्याचमा सात जीत, तीन हार र १४ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ ।
कोलकाता नाइट राइडर्स १० म्याचमा पाँच जीत र पाँच हारपछि १० अंकका साथ अझै चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्