बिर्तामोड , कात्तिक ६ । बिर्तामोड नगरपालिका ३ की एक कोरोना संक्रमित सुत्केरीले सकुशल बच्चा जन्माएकी छन् ।

गुप्ता थरकी २८ वर्षिया ती सुत्केरीले धरानमा बच्चा जन्माएकी हुन् । डेलिभरि गराउन कात्तिक ४ गते उनी नोवेल हस्पिटल विराटनगर गएकी थिइन् । त्यहाँ उनको पिसिआर रिपोर्ट पोजेटिभ आएपछि उनलाई धरान रेफर गरिएको थियो । धरानमा हिजो विहान सकुशल बच्चा जन्माएकी ती सुत्केरी हिजै घर फर्केकी छन् । उनको बच्चामा संक्रमण सरे–नसरेको थाहा हुन सकेको छैन । घर फर्किएपछि संक्रमित ती सुत्केरी आइसोलेसनमा नबसी अरुसँगको भेटघाटलाई जारी राखेको बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखाका दीपक बाँसकोटाले बताए । बिर्तामोड ३ का वडाध्यक्ष भोजराज सिटौलाले ती सुत्केरीको खोजी गरी आइसोलेसनमा बस्ने व्यवस्था गरिने जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्