दमक, कात्तिक ६ । झापाको बिर्तामोडमा केन्द्रिय कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यको परिवारमा मृत्यु भएपछि दिने काजकिरिया खर्चवापतको रकम हस्तान्तरण गरेको छ ।

दमक ४ निवासी सहकारीका विशेष शेयर सदस्य मोहन शिवाकोटीका बुबाको निधन भएकोमा संस्थाको तर्फबाट पाउने १ लाख २० हजार रुपैयाँ आज परिवारका सदस्यहरुलाई उपलब्ध गराईएको दमक सेवा केन्द्र व्यवस्थापक सुजन भण्डारीले जानकारी दिए । सहकारीका उपाध्यक्ष ईश्वरी खरेल, कोषाध्यक्ष एकराज विष्टसहित दमक सेवा केन्द्र व्यवस्थापन समितिका संयोजक शेरबहादुर भट्टराई, सदस्य मुकुन्द उप्रेती, गिरिराज भट्टराई, सहकारीका कर्मचारी लगायतको टोली शिवाकोटीको घरमै पुगेर संस्थाले उपलब्ध गराएको रकम हस्तान्तरण गरेको हो ।
त्यसैगरी सहकारीका साधारण शेयर सदस्य दमक ६ निवासी आर. बि. थापाको चौथो दिनको पुण्यतिथिमा समवेदनासहित ६ हजार , दमक ५ का गौतमकुमार लामाका बुबाको काजकिरिया खर्चबापत ५ हजार र झापा शिवसताक्षीका महेन्द्र खत्रीको आमाको काजक्रिया खर्चवापत ५ हजार रुपैयाँ उपलब्ध गराईएको सहकारीका दमक सेवाकेन्द्र व्यवस्थापक भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्