झापा , कात्तिक ८। झापामा शुक्रबार एकैदिन सर्वाधिक १३७ जनामा संक्रमण पुष्टि भएको छ ।
जुन अहिलेसम्मकै धेरै हो ।

दोहोरो अंकमा संक्रमित पुष्टि हुँदै आएकोमा शुक्रबार तेहोरो अंकमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । संक्रमितहरु मध्ये सबैभन्दा बढी दमक नगरपालिकाका ७३ जना रहेका छन् ।त्यसपछि भद्रपुर नगरपालिकामा २४ , बिर्तामोड नगरपालिकामा १२ , गौरादहमा १७ , मेचीनगरमा ९ , कनकाईमा ४ , गौरीगञ्जमा २ तथा हल्दिबारी , बुद्धशान्ति, कचनकवल, शिवसताक्षी, बाह्रदशी र कमलमा एक–एकजना संक्रमित रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्