झापा, कात्तिक १८ । झापामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गौरादह नगरपालिका १ गेउरिया निवासी ८४ वर्षिय गणेशबहादुर अधिकारी रहेका छन् । उनको आज बिहान १० बजे आफ्नै घरमा मृत्यु भएको हो । लामो समयदेखि क्यान्सर रोगले पीडित अधिकारीलाई कात्तिक ७ गते संक्रमण पुष्टि भएको थियो । उपचारको क्रममा उनलाई कोरोना पोजेटिभ देखिएको नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले बताए । योसँगै गौरादहमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ६ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्