दमक , कात्तिक १८ । झापाको दमकमा फेरि एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दमक नगरपालिका वडा नं ६ पुरानो सब्जी बजार निवासी ७१ वर्षिय खड्गबहादुर अधिकारी रहेका छन् । उनको आज बिहान ६ बजे घरैमा मृत्यु भएको हो । कात्तिक १० गते संक्रमण पुष्टि भएका अधिकारी होम आइसोलेसनमा रहेका थिए । उनको शव नेपाली सेनाले अन्त्येष्टि गर्ने तयारी भइरहेको नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए । योसँगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या १९ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्