बिर्तामोड ,कात्तिक १८ । नेपाल विद्युत प्राधिकरणले बेवास्ता गर्दा बिर्तामोड ३ सैनिकमोडमा आज साँझ ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।

मेची आँखा अस्पताल अगाडि बाटो दक्षिण विजुलीको तार लत्रिएको पोल सार्न प्राधिकरणलाई पटकपटक भन्दा वास्ता नगरेका कारण आज झन्डै ठूलो दुर्घटना भएको स्थानीय रामेश्वर मण्डलले बताए । सडकदेखि दक्षिणपट्टी निर्माणाधिन कंचनजंघा हस्पिटलतर्फ जान लागेको फूलबडी ट्रकले लत्रिएको तार चुँडाउँदा झन्डै ठूलो दुर्घटना भएको मण्डलले बताए ।

केवल र विजुलीको तार चुँडिदा स्थानीयको विद्युतीय उपकरणमा असर पुगेको छ । निर्माणाधिन बिर्तामोड—गरामनी सडकको उचाई बढ्दा राजमार्ग दक्षिण पट्टी रहेका विजुलीका पोल होचो भएर तार लत्रिएका हुन् । भत्केको र तार लत्रिएको चार वटा बिजुलीको पोल फेर्न पटकपटक भन्दै आएपनि प्राधिकरणले वास्ता नगरेको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्