शुष्मा राई,
बिर्तामोड, कार्तिक १९ । बिर्तामोड मुक्ति चोक आसपासमा जुत्ता सिलाएर गुजारा गर्नेहरु धेरै छन् । जुन पेशा जीविकोपार्जनको लागि मात्र नभएर राम्रो आयआर्जनको माध्यम बनेको छ ।

५० वर्षीय हिरालाल राम बिगत ३० वर्षदेखि यही पेशा गर्दै आएका छन् । बिर्तामोड नगरपालिका ३ बिर्ताबजार घर भएका हिरालाल बिहान ९ बजेदेखि हनुमान कम्प्लेक्स नजिक पसल थाप्ने गर्छन् । विगत १५ वर्षदेखि यही पेशा गर्दै आएको उनी बताउँछन् । उनका ४ दाजुभाइले पनि यही पेशा गर्छन् । दुई दाजुभाइ बिर्तामोड र दुई दाजुभाइ बिर्ताबजारमा व्यापार गर्ने गरेका छन् । चारै दाजुभाइले यही पेशा गरेर राम्रो कमाइ गरेका छन् ।
हिरालालले जुत्ता सिलाउने पेशाबाट छोराछोरी पढाउने र दैनिक जीविकोपार्जन गर्दै आएका छन् । उनले दैनिक रुपमा पाँच सयदेखि माथि कमाउँदै आएका छन् । यो काम गर्दा धेरै दुःख नहुने उनी बताउँछन ।
उनी भन्छन् “व्यवसाय राम्रै चलेको छ ,दुखसुख परिवार चलाउन सकिन्छ । कुनै दिन खाली पनि बस्नु पर्छ । आज नभए भोलि हुन्छ,भोलि पनि नभए पर्सी हुन्छ भन्ने सोच राखेर काम गर्नु पर्छ ।” यसको पनि सिजन हुन्छ –भदौदेखि फागुनसम्म राम्रो चल्छ । दसैँ तिहारको समयमा दैनिक १२ सयसम्म कमाइ हुन्छ । तर अरु सालको तुलनामा यो साल लकडाउनले निकै असर परेको उनको भनाइ छ । यो पेशामा आबद्धहरुलाई पहिले नकारात्मक रुपमा हेर्ने गरिएको भए पनि अहिले त्यो अवस्था नरहेको पेशाकर्मीहरुको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्