झापा कात्तिक, २१ । झापाको मेचीनगरबाट भारतबाट अबैध रुपमा ल्याइदैँ गरेको पटका बरामद भएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टा, सीमा प्रहरी चौकी नकलबन्दा र प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी टोलीले २ लाख ३० हजार रुपैयाँ बराबरको पटका बरामद गरेको छ ।


मेचीनगरको फरक–फरक स्थानबाट उक्त पटका बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बरामद गरिएको पटका आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि सम्बन्धित प्रहरी कार्यालयहरुमा राखिएको ।


प्रतिवन्धित लागूऔषधसहित धिमाल पक्राउ


प्रतिवन्धित लागूऔषधसहित झापा, दमकका एक युवा आज पक्राउ परेका छन् । दमक नगरपालिका वडा नम्बर १० घर भएका २२ बर्षिय अरुण धिमाललाई प्रतिवन्धित लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


धिमाललाई जिल्लाको मेचीनगर ६ चर्च एरियावाट बिशेष सूचनाको आधारमा सीमा प्रहरी चौकी नकलबन्दा र शसस्त्र प्रहरी समेतको संयुक्त प्रहरी टोलीले भारतबाट लुकाई छिपाई ब्राउनसुगर ल्याउदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए ।

धिमालको साथबाट ६ ग्राम ब्राउनसुगर जस्तो देखिने लिसाईलो समेत बरामद गरिएको उनले बताए । पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय काकडभिट्टा राखेर आवश्यक अनुसन्धान अगाडी वढाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्