बिर्तामोड , कात्तिक २२ । नेकपाका नेता तथा बिर्तामोडका पूर्व जनप्रतिनिधि गोपी गिरीलाई मातृशोक परेको छ ।

उनकी आमा चन्द्रमाया गिरीको निधन भएको हो ।पारिवारिक श्रोतका अनुसार चन्द्रमाया अर्जुनधारा स्थित मदनपुरमा माइला छोराको साथमा बस्दै आएकी थिइन् ।उनको आज बिहान १० बजे टाङटिङ माई शनिश्चरेमा अन्त्येष्टि गरिने जनाइएको छ ।
त्यस्तै गायक तथा संगीतकार चेतन चुडाललाई पितृशोक परेको छ । बिर्तामोड निवासी चुडालका पिता श्रीकृष्ण चुडालको गएराति ११.४५ बजे वडा नं ४ स्थित आफ्नै घरमा ८५ वर्षको उमेरमा निधन भएको हो । समाजसेवी चुडालको दिउँसो १ बजे कन्काई माईमा अन्त्येष्टि गरिने जनाइएको छ ।
त्यस्तै झापा जिफण्टका पूर्व अध्यक्ष ट्रेड यूनियन आन्दोलनका नेता मदन आचार्यलाई मातृशोक परेको छ । बिर्तामोड नगरपालिकाका कर्मचारी आचार्यकी आमा कृष्णमाया आचार्यको काठमाडौमा ९८ वर्षको उमेरमा निधन भएको परिवारले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्