एजेन्सी । सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।

यूएईमा गएराति भएको इलिमिनेटरमा रोयल च्यालेन्जर्स बेंलोरलाई ६ विकेटले पराजित गर्दै हैदराबादले क्वालिफायरमा स्थान बनाएको हो । शेख जायद क्रिकेट मैदानमा बेंलोरले दिएको १ सय ३२ रनको लक्ष्य हैदराबादले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
हैदराबादको जितमा केन विलियम्सनले अविजित रहदै ५० रनको अर्धशतकीय पारी खेले । जासन होल्डरले अविजित २४ रन बनाए । यस्तै मनिष पाण्डेले २४ रन जोड्दा कप्तान डेभिड वार्नरले १७ रन बनाए । बेंलोरका मोहमद सिराजले २ विकेट लिए । एडम जाम्पा र युजभेन्द्र चाहलले १ — १ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंलोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो । अब फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा भोलि हैदराबाद र दिल्ली क्यापिटल्स खेल्नेछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्