झापा , कात्तिक २५ । चारित्रिक प्रमाणपत्रको चर्को शुल्क लिएको भन्दै नेपाल विद्यार्थी संघले झापा शिवसताक्षी १० स्थित बालनिकुन्ज माविमा तालाबन्दी गरेको छ ।

बालनिकुन्ज माविले एसईई परीक्षा उतीर्ण गरेका बिद्यार्थीलाई चारित्रिक प्रमाणपत्रवापत ४ हजार रुपैयाँ लिएको हो।
नेपाल विद्यार्थी संघ झापा जिल्ला कार्य समितिले आज विद्यालय प्रशासनमा तालाबन्दी गरेको नेविसंघ शिवसताक्षी नगर उपाध्यक्ष रबिन घिमिरेले बताएका छन् । नेविसंघ जिल्ला सदस्य अर्जुन भट्टराईले बिद्यालयले लिएको चर्को शुल्क तत्काल बिद्यार्थीलाई फिर्ता नगरे तालाबन्दी नखोली अझै सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
सरकारले सामुदायिक विद्यालयहरुमा कुनै पनि शुल्क नलिई शिक्षा प्रदान गर्न र चारित्रिक प्रमाणपत्र बनाउँदा २सय देखि ५सय रुपैयाँ मात्र शुल्क लिन भनिरहँदा यस्ता तथ्य बाहिरिनु आफैमा दु ःखद भएकोले झापाका कुनै पनि स्थानमा यस्ता प्रकृतिका मनोमानी ढंगबाट शुल्क लिएको थाहा भएमा जानकारी गराउन नेवि संघका जिल्ला सभापति राजेन्द्र उप्रेतीले आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्