झापा , कात्तिक २५ । झापामा पछिल्लो २४ घण्टाभित्र ७५ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामध्ये ५२ महिला र २३ जना पुरुष रहेका छन् ।
सबैभन्दा बढी दमकमा २२ जना थपिएका छन् । जसमा १५ महिला र ७ पुरुष छन् । यस्तै, बिर्तामोडमा ८ महिला र ६ पुरुष गरी १४ जना संक्रमित थपिएका छन् । यस्तै, गौरीगञ्ज गाउँपालिकामा ३ महिला र २ पुरुष संक्रमित थपिए भने कमल गाउँपालिकामा ३ महिला र ४ पुरुष, अर्जुनधारा र कनकाईमा २–२ महिला, गौरादहमा ३ पुरुष, बुद्धशान्तिमा १ पुरुष, बाह्रदशीमा १ महिला र भद्रपुर नगरपालिकामा ९ महिला र १ पुरुष गरी १० जना संक्रमित थपिएका छन् । यस्तै, मेचीनगरमा २ महिला, शिवसताक्षीमा २ महिला र २ पुरुष र हल्दिबारीमा २ जना महिलामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।