बिर्तामोड, कात्तिक २६ ।
नेपाल विद्यार्थी संघ झापा र शिवसताक्षी– १० स्थित बालनिकुन्ज माविको विद्यालय व्यवस्थापन समितिबीच सहमति भएको छ । चारित्रिक प्रमाणपत्रको चर्को शुल्क लिएको भन्दै बालनिकुन्ज माविमा नेविसंघले मंगलबार तालाबन्दी गरेको थियो ।


बुधबार नेपाल विद्यार्थी संघ र बालनिकुन्ज माविको विद्यालय व्यवस्थापन समितिबीच एक हजार रुपैयाँभन्दा बढी चारित्रिक प्रमाणपत्रको शुल्क नलिने सहमति भएको नेविसंघ झापाका सभापति राजेन्द्र उप्रेतीले बताए ।


सरकारले सामुदायिक विद्यालयहरुमा कुनै पनि शुल्क नलिई शिक्षा प्रदान गर्न र चारित्रिक प्रमाणपत्र बनाउँदा २ सयदेखि ५सय रुपैयाँ मात्र शुल्क लिन भनिरहँदा बालनिकुन्ज माबिले मनोमानी ढंगले शुल्क लिँदै आएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्