झापा , कात्तिक २६ । झापा जिल्लाका १५ पालिकामध्ये बुधबार १३ पालिकामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार एकैदिन ८५ जनामा संक्रमण हुँदा दमकका ३७ जना रहेका छन् ।संक्रमितमध्ये ४३ महिला र ४२ जना पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार दमकमा १८ महिला र १९ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । दमकपछि बढी संक्रमित हुने पालिकामा बिर्तामोड रहेको छ । बिर्तामोडमा १३ जनामा संक्रमण पुष्टि भएको हो । बिर्तामोडका संक्रमित ७ महिला र ६ पुरुष हुन् । यस्तै, भद्रपुरमा १० जनामा संक्रमण भएको छ । ८ महिला र २ पुरुषमा संक्रमण पुष्टि भएको हो ।यस्तै, कमल गाउँपालिकामा ३ महिला र ३ जना पुरुष, कनकाई र मेचीनगरमा समान २–२ महिला, २–२ पुरुषमा संक्रमण भएको कार्यालयले जनाएको छ ।यसैगरी, कचनकवल, गौरादह, बुद्धशान्ति र शिवसताक्षीमा समान एक–एक जना पुरुषमा संक्रमण भएको छ । अर्जुनधारामा २ जना पुरुष, हल्दिबारी र झापा गाउँपालिकामा एक–एक महिला र पालिका नखुलेका १ महिला र २ पुरुषमा संक्रमण पुष्टि भएको छ ।हालसम्म झापामा २ हजार ८०९ जनामा संक्रमण पुष्टि भइसकेको छ भने १ हजार ७०३ जना निको भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्