झापा , मंसिर १ । झापाको अर्जुनधारामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

धरानको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अर्जुनधारा ६ का ७८ वर्षिय इश्वरीप्रसाद ओलीको मृत्यु भएको हो । गएराति १२ बजेतिर ती बृद्धको उपचारका क्रममा मृत्यु भएको हो । उनलाई कात्तिक २९ गते सोही अस्पतालमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको लाशलाई अन्त्येष्टि गर्नका लागि ल्याइदै गरेको र नेपाली सेनाले अन्त्येष्टिको तयारी गरेको नगरपालिकाका स्वास्थ्य शाखाका मुकुन्द बस्नेतले बताए । योसँगै अर्जुनधारामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ५ र झापामा ८२ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्