झापा , मंसिर १ । मोरङको साविक मधुमल्ला गाविसका पूर्व गाविस अध्यक्ष काशीनाथ पौडेलको निधन भएको छ ।
काठमाडौंको शिक्षण अस्पताल महाराजगंजमा उपचारका क्रममा ७४ वर्षिय पौडेलको आज दिउँसो ३ बजे निधन भएको उनका ज्वाइँ हरि बोहोराले जानकारी दिएका छन् । केही समयअघि उनलाई विराटनगरको नोवेल हस्पिटल लगिएकोमा त्यहाँ संभव नभएपछि काठमाडौ लगिएको थियो । पित्तथैलीको समस्या भएर उनलाई काठमाडौंको नर्भिक हस्पिटलमा ५ दिन राखेर शिक्षण अस्पतालमा ७ दिनअघि भर्ना गरिएको थियो ।