झापा , मंसिर १ । झापामा अर्का कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका वडा नं ९ का ७८ वर्षिय प्रेमलाल ढकाल रहेका छन् । उनको गएराति १० बजे नोवेल हस्पिटल विराटनगरमा मृत्यु भएको हो । अस्वस्थ्य बनेपछि उनलाई विराटनगर लगिएकोमा त्यही संक्रमण पुष्टि भएको भद्रपुर नगरपालिकाका स्वास्थ्य शाखाका मनोज भट्टराईले बताए । मृतकको शवलाई दुवागढीस्थित प्रणामीनगरमा अन्त्येष्टि गरिएको छ । ढकाल प्रणामी भएकाले त्यहाँ लगेर नेपाली सेनाले गाडेको हो । गएराति नै अर्जुनधारा ६ का ७८ वर्षिय इश्वरीप्रसाद ओलीको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । उनको कनकाई माईमा अन्त्येष्टि गरिएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या भद्रपुरमा ५ र जिल्लामा ८३ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्