झापा , मंसिर १ । तिहारको समयमा हङकङको जोर्डनस्थित याउमातेइमा नेपालीले सञ्चालन गरेको एक रेष्टुरेन्टमा गएराति आगलागी हुँदा कम्तीमा ७ नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाग्लुङ जिल्लाका रहेका छन् । उनीहरु ९ वर्षका बालकदेखि ४ पुरूष र ३ महिला छन्। एनआरएनए हङकङकी अध्यक्ष टिका गुरुङ ’राधिका’ले आगलागीमा परी ७ नेपालीको मृत्यु भएको पुष्टि गरेकी छिन्।बागलुङ समाज हङकङका सचिव शक्तिमान बुढाथोकी अनुसार समाजका आजीवन सदस्य राज कँडेलको छोराको जन्मदिन मनाउने क्रममा गएराति आगलागीको भएको हो। राज कँडेलको परिवारका ३ जना, उनकी बहिनी पूजा कँडेलको परिवारका ४ सदस्य घटनामा परेका हुन् ।त्यसैगरी, कृष्ण कँडेलको परिवारका ४ जना सो आगलागीमा परेका छन् । मृत्यु हुनेमा ९ वर्षिय रायन , ३८ वर्षिय युवराज कँडेल , ३९ वर्षिय शेर गुरुङ ,४० वर्षिय रामबाबु , नाम नखुलेकी अन्दाजी २० वर्षिया महिला ,३० वर्षिया अनिता निम्ला र ४० वर्षिया विनिता तामाङ रहेका छन् । सोमबार बिहानै क्वीन एलिजावेथ र क्वांग वाह अस्पताल पुगेर फर्केका हङकङ एकीकृत नेपाली समाजका यमलाल कँडेलका अनुसार मृतक सातमध्ये क्वांग वाहमा ४ र क्वीन एलिजावेथ अस्पतालमा ३ जनाको शव रहेको छ । घटनामा १८जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अबस्था नाजुक र दुईजना गंभीर रहेको जनाइएको छ ।घाइतेहरुलाई क्यारिटास मेडिकल सेन्टर, क्वीन एलिजाबेथ र प्रिन्स मार्गरेट अस्पतालमा लगिएको छ।प्रत्यक्षदर्शीका अनुसार आगलागी जिरे खुर्सानी नाम गरेको नेपालीद्वारा संचालित रेष्टुरेण्टमा भएको हो। करीव ८:३५ बजे शुरु भएको आगलागी नियन्त्रण गर्न २ घण्टाभन्दा बढी समय लागेको थियो।आगो द्रुत रूपमा फैलिदै गएपछि धेरै पटक विस्फोटका आवाज सुनिएको प्रत्यक्षदर्शीले बताए। आ-आफ्नो अपार्टमेन्टमा फसेकाहरुले झ्यालबाट बाहिर निस्केर सहयोगको लागि कराइरहेका थिए।फायरफाइटर र प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेका छन्।हङकङकी कार्यकारी प्रमुख क्यारी लामले घटनाप्रति गहिरो दु:ख व्यक्त गरेकी छन्। लामले सम्बन्धित विभागहरुलाई बचेकाहरूलाई मद्दत गर्न र आगलागीको कारण पत्ता लगाउन निर्देशन दिएकी छन्।हङकङमा यसलाई दशककै सबैभन्दा घातक आगलागीको घटना मानिएको छ। सन् २०११ मा पनि मङ कोकको फा यून स्ट्रिटमा आगलागी हुँदा ९ जनाको मृत्यु र ३४ जना घाइते भएका थिए। यो १५ बर्षमा शहरको सबैभन्दा खतरनाक आगलागी थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्