झापा, मंसिर २ । झापामा आज अर्का कोरोना संक्रमितको मृत्यु भएको छ ।

कमल गाउँपालिका वडा नं ३ केर्खा बजारका २८ वर्षिय प्रदीप खवास चौधरीको मृत्यु भएको हो । नोवेल हस्पिटल विराटनगरमा उपचारका क्रममा उनको आज दिउँसो मृत्यु भएको कमल ३ का वडाध्यक्ष नरप्रसाद दंगालले बताए । उनलाई तीन दिनअघि विराटनगर लगिएको थियो । पिसिआर परीक्षणको रिपोर्ट आउनु अघि नै उनको मृत्यु भइसकेको र मृत्युपछि रिपोर्ट पोजिटिभ आएको वडाध्यक्ष दंगालले जानकारी दिए । मृतकको लाशलाई अहिले कनकाई माईमा नेपाली सेनाले अन्त्येष्टि गरिरहेको जनाइएको छ । आजै अर्जुनधारा ७ का एक बृद्धको कोरोना संक्रमणबाट बिएण्डसी हस्पिटल बिर्तामोडमा मृत्यु भएको थियो । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या कमलमा ६ र जिल्लामा ८५ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्