भद्रपुर , मंसिर ६ । झापा भद्रपुरकी एक महिलाको कोरोना संक्रमणका कारण आज मृत्यु भएको छ ।

भद्रपुर नगरपालिका वडा नं ४ की ६० वर्षिया प्रभा गुरुङको बिहान ११.३० बजेतिर घरमै मृत्यु भएको हो । उनलाई मेची प्रादेशिक अस्पताल भद्रपुरमा गरिएको पिसिआर परीक्षणमा हिजो कोरोना पुष्टि भएको थियो । त्यसपछि उपचारका लागि बिर्तामोडको बिएण्डसी हस्पिटल लैजाँदा हस्पिटलले भर्ना लिन नमानेपछि घर फर्काइएको नगरपालिकाका स्वास्थ्य शाखाका मनोज भट्टराईले बताए । योसँगै भद्रपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या भद्रपुरमा ६ र झापामा ९४ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्