भद्रपुर , मंसिर १४ । प्रतिबन्धित लागु औषधसहित प्रहरीले भद्रपुरको छुट्टाछुट्टै स्थानबाट ६ जनालाई पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले हिजो दिउँसो ४ बजे भद्रपुर ४ डाँगीबारीमा भारतबाट नेपालतर्फ लागूऔषध ल्याउँदै गर्दा भद्रपुर ४ बस्ने १९ वर्षिय पुष्कर थापा, वडा नं ५ बस्ने २६ वर्षिय मदन विक, वडा नं ४ बस्ने २१ वर्षिय राजन माझी र हल्दीबारी १ बस्ने ३२ वर्षिय लोकेन्द्र गुरागाईलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ७ ग्राम ब्राउनसुगर सहित प्र.१–००१–०१२प ७१७५ नं.को मोटरसाईकल बरामद गरी आज सम्मानित झापा जिल्ला अदालत भद्रपुरबाट म्याद थपको अनुमति लिई थप अनुसन्धान अगाडि बढाईएको प्रहरीले बताएको छ । त्यसैगरी आज बिहान ११ बजे भद्रपुर ४ नरसिंह बगानबाट भारतीय नागरिक बिहार गलगलिया ४ बस्ने ५९ वर्षिय ऐजुब महमद अली र सोही ठाउँका १९ वर्षिय महमद जबरलाई ५ ग्राम ब्राउनसुगरसहित पक्राउ गरी कानुनी कारबाहीको लागि वडा प्रहरी कार्यालय भद्रपुरमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्