दमक, मंसिर १५ । दमक –३ र मोरङको मिक्लाजुङ –८ लाई जोडन मावा खोलामा यसै वर्ष १ सय ७० मिटर लामो झोलुङगे पूल निर्माण हुने भएको छ । झोलुङगे पूलको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली र दमक ३ का वडाध्यक्ष नबिन बरालले शिलान्यास गरे ।


वडाध्यक्ष बरालका अनुसार सो पूल निर्माणका लागि जगदम्बा, रुजन र युनिकन जेभीले सम्झौता गरेको जनाइएको छ । गत साउन १ देखि १८ महिना भित्र निर्माण सम्पन्न गर्ने गरि सो जेभीले निर्माण सम्झौता गरेको जनाइएको छ ।


झोलुङगे पूलका १ करोड ९० लाख ५६ हजार रुपैयाँ बजेट विनियोजन भई ठेक्का सम्झौता भएको जनाइएको छ । पूल निर्माणपछि दमक, मोरङ तथा दक्षिणी इलामलाई जोड्न सहज हुने र यसले दमकको मात्रै नभएर पूर्वी पहाडको विकासमा नै योगदान पुग्ने नगर प्रमुख ओलीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्