बिर्तामोड , मंसिर १५ । राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला नेता रुकमान लावतीलाई मातृशोक परेको छ ।

राप्रपा झापाका जिल्ला सहसचिव बिर्तामोड ७ निवासी रुकमान लावतीकी आमा धनमाया लावतीको आज ८३ बर्षको उमेरमा दिउँसो २.१५ बजे निजी निवासमै निधन भएको हो । उनी उच्च रक्तचाप रोगले ग्रसित थिइन् । उनको भोलि बिहान ११ बजे बिर्तामोड ७ डाँडागाउँबाट शवयात्रा सुरु गरी गोलधाप शिविरघाटमा अन्त्येष्टि गरिने राप्रपाका जिल्ला उपाध्यक्ष कमल खरेलले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्