बिर्तामोड , मंसिर १७ । बिर्तामोड क्षेत्रकै पहिलो उज्यालो चिन्तन चौतारी रिसोर्ट संचालनमा आएको छ ।

उज्यालो चिन्तन चौतारी रिसोर्ट

बिर्तामोडको मुक्ति चोकदेखि साढे पाँच किलोमिटर दक्षिण हल्दीबारी जाने कालोपत्रे सडकले छुनेगरी बिर्तामोड ९ मा दुई वर्षदेखि सो रिसोर्टको निर्माण शुरु गरिएको थियो । युवा व्यवसायी प्रकाश बुढाथोकीले आफ्नो १० कठ्ठा जग्गामा करिव ४ करोडको लागतमा सो रिसोर्ट निर्माण गरेका हुन् ।

पार्टी प्यालेस

रिसोर्टमा एटेज डिलक्स रुम, बालबालिका र ठूलाका लागि भिन्नाभिन्नै स्वीमिङ पूल, पार्टी प्यालेस, फनपार्क , रेष्टुरेन्टलगायतका सुविधाहरु रहेका छन् । पर्यटकहरुलाई नेपाली , थकाली , चाइनिज , इन्डियन खानाको व्यवस्था रहने त्यस रिसोर्टमा आफैले उत्पादन गरेको हाँस , कुखुरा , बटाइ, माछा उपलब्ध हुने संचालक बुढाथोकीले बताए ।

आफ्नै कुखुरा र बटाइ फार्म

पर्यटन प्रवद्र्धन गर्दै स्वदेशमै केही गरौं भन्ने उद्धेश्यले आफ्नै गाउँ समाजमा रिसोर्ट संचालनमा ल्याएको उनले बताए । बिर्तामोडको कोलाहल र प्रदुषणबाट मुक्त भएर शान्त वातावरणमा रमाउन चाहने आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी रिसोर्ट खोलिएको उनको भनाइ छ । रिसोर्टमा आज पुजापाठ गरी शुभारम्भ गरिएको हो । कोरोना महमारीका कारण अहिलेलाई थाती राख्दै रिसोर्ट उद्घाटन कार्यक्रम पछि राखिएको अर्का संचालक बृन्दा बुढाथोकीले बताइन् ।

शुभारम्भ कार्यक्रम

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्