आर्यघाटमा बेवारिसे लाश पोल्ने बहिनी संसारकै नजरमा पर्न गइन् ,कार्पेट फेर्ने र हेलिकप्टरमा केक बोक्ने आफ्नै जनताको नजरमा गिर्न गए । कर्म गर्ने र गफ गर्नेमा फरक संसारले देख्दो रहेछ । आजभोलि सामाजिक संजालमा चलेका चर्चाहरु यी यस्तै छ ।

मानिसको जन्म यस धर्तिमा हुन्छ । यस धर्तिमा जन्मिएपछि यहाँको माटो, पानी, हावा र परिवेशले मानिसको मानसपटलमा इच्छा चाहना र आकांक्षा र उद्धेश्यले डेरा जमाउँछ । जीवनयापनमा अनेक काम गर्छन् । मानव मस्तिष्कमा अनेक प्रकारका विचारहरु रहेका हुन्छन् । जुन सोचलाई काममा परिणत गर्दा नै सर्वश्रेष्ठ प्राणी मानव हो भन्ने प्रमाणित गर्दछ । मनको ईच्छा , मस्तिष्कको सोचाई अनि कर्मप्रति सन्तुष्टि मानिसले आफ्नो लागि गर्दा कहिले हँुदैन । मानिस जव अरुको लागि केही गर्छ अनि मात्र सन्तुष्टि महसुस गर्छ । सुख प्राप्ति गर्छ । अनि समाजको नजरमा, राष्ट्रको नजरमा र विश्वको नजरमा पर्न जान्छ । जव समाजले मुल्याङ्कन गर्छ ,राष्ट्रले मुल्याङ्कन गर्छ अनि विश्वले मुल्याङ्कन गर्छ, उसमा तव मैले साँच्चै यो काम अरुको लागि गरेको रहेछु भन्ने भान हुन्छ ।

आजका युवा १७– १८बर्षमा कुलतमा लागिरहेको अवस्थामा त्यो युवती कलिलो उमेरमा समाजले अपहेलना गरेको, राज्यले गर्न नसकेको काम म गर्छु भनेर समाज र राष्ट्रलाई चुनौती दिदै मानिसको अन्तिम यात्रा घाट–घाटमा गएर बेवारिसे लाशलाई व्यवस्थापन गरिरहेकी छन् । मृत्यु के हो कसरी हुन्छ अनि मृत्यु परन्त हाम्रो भौतिक शरीर केका लागि भन्ने कुरा राम्रो नबुझ्ने उमेरमा ती कलिला हातहरुले त्यति धैर्यताका साथ त्यो बेवारिसे लाशहरुलाई जलाउँदा मन कस्तो हुन्छ होला ! लाश जलाउँदा हरकोहीको मनमा लाग्ने गर्दछ मान्छेको जीवन के नै छ र आखिर धुवाँमा उडेर जाने हो । खरानीको थुप्रो बन्ने हो , रिसराग मायामोह आखिर के नै रहेछ र अनि जसलाई आफूले सृष्टि गरियो, जन्माईयो, हुर्काइयो, उसैले आफूलाई जलाउने हो ।

आफ्नो रहर,इच्छा र आकांक्षा थिए होलान् तर ती बेवारिसे लाश देख्दा आफ्नो रहरलाई त्यागेर मानव सेवाकोे भावलाई अँगालेर अनि मानवले मानवलाई सहयोग गर्नु पर्छ भन्ने उद्धेश्यले सपना रोका मगर अनवरत रुपमा बेवारिसे लाश व्यवस्थापनमा लागिरहेकी छन् । उनले कसैलाई देखाउन गरेकी हैनन् त्यो काम । उनको मनबाट त्यो सेवा गरेकी हुन् । न आर्थिक लाभ छ न सामाजिक सम्मान छ नबाँच्दा देख्ने समाज छ न राज्य छ मर्दा नदेख्ने । समाज र राज्यलाई चुनौती दिदै ती बेवारिसे लाशलाई व्यवस्थापन गरिरहेकी छन् । आफन्तले छोडे, समाज छेऊ पर्दैन , राज्यले देखेन , छर छिमेकी डराए ती युवतीलाई माया लाग्यो । एउटा मानवले मानवलाई गर्ने कर्तव्य उनले गरिन् । उनले देखिन् । कोभिड १९ ले सारा दुनियाँ आक्रान्त बन्यो । यो भाईरसले मानिसको मृत्युदर बढाएको छ । मृत्यु भएता पनि लाशलाई छुन नमिल्ने सरुवा भाईरस भएको हुँदा लाश व्यवस्थापनमा समस्या भएको छ । सबैलाई आफ्नो ज्यानको माया छ । कोही पनि आफ्नो मृत्यु होस् भन्ने चाहँदैन । रोगको कारण मृत्यु हँुदा छुन नहुने , टाढा टाढा बसेर रमिते बन्नु पर्ने ।

आफ्नो प्यारो मान्छेलाई अन्तिम पल्ट अँगालो हालेर रुन नपाइने , कस्तो अचम्मको मृत्यु अनि कति निर्दयी यो रोग । मृत्यु लाश व्यवस्थापन गर्न नसक्ने गरी भइरहँदा विश्वभरि यो समस्याको विषय बनिरहँदा हाम्रो देशमा मृत्यु हुँदा घृणाको दृष्टिले समेत हेरियो ,अपहेलना समेत गरियो , छिछि र दुरदुरको अवस्था समेत हाम्रो समाजमा बनायो । तर उनले ती लाशहरुको व्यवस्थापन गरिरहिन् । न समाजको पर्वाह गरिन् । समाज र आफन्तको घृणा सहेर ती जीवित बेवारिसेहरुको भोको पेट भरिरहिन् भने लाशलाई धुवाँको मुस्लोमा परिणत गराईरहिन् ।

कार्पेट फेरेर चर्चा कमाउन यहाँ राष्ट्रपति बन्नु पर्छ । यस देशमा अनि हेलिकप्टरमा केक बोकेर जन्मघरमा पुगेर केक काट्ने इच्छा जाग्छ प्रधानमन्त्री भएपछि । यी यस्ता कुरा देशले देख्छ , सपना रोका मगरले गरेका काम विश्वले देख्दछ । यस देशमा पहिलो महिला राष्ट्रपति महिला छिन् । एउटा जनता जसको कामको चर्चाले देशको नाम उच्च रहन्छ अनि नेपालीको छाती गर्वले फुल्दछ । विश्वका एक सय प्रभावशाली र प्रेरणादायी महिलाको सूचीमा फिनल्याण्डकी प्रधानमन्त्रीसहित सामान्य परिवारकी नेपाली चेली यो सूचीमा पर्नु हामी आमनेपालीले गर्वको अनुभुति गर्नुपर्छ । यत्रो ठूलो पृथ्वीको एउटा देशको एउटा सहरको एउटा टोलको एउटा घरभित्र बसेको मान्छेले संसारको सबै म हुँ भन्नु पनि हँुदैन । अनि आफैले पाएको दःुख सबैभन्दा ठूलो हो भन्ने पनि ठान्नु हुदैन ।
मान्छे सबैजना आ–आफ्नो संघर्षमा हुन्छन् र सबैलाई आफ्नो संघर्ष सबैभन्दा भयानक लाग्छ । तर, मान्छेको आत्मविश्वास सबैभन्दा महत्वपूर्ण हो । त्यो आत्मविश्वास आफ्ना लागि मात्र होइन, अरुका लागि पनि होस् । आफूले काम गर्दैगर्दा समाजप्रति कति उत्तरदायी छु भनेर सोच्नु पर्छ । यो समाजमा जन्मिइरहँदा यो समाजमा आफ्नो उत्तरदायित्व छ भनेर बुझ्नु पर्दछ ।

१८ वर्षे युवती विश्वको १०० प्रभावशाली र प्रेरणादायी महिलाको सूचीमा पर्न सक्छिन् तर पाँच वर्षका लागि यो देशमा सरकार चलाउन सक्दैनन् यस देशका नेताहरु । सहमति र सहकार्य व्यक्तिगत स्वार्थमा गरिन्छ अनि कसरी देशका जनतालाई सेवा र राष्ट्रको सर्वोपरि हित हुने काम गर्छन् ।राजनीतिलाई लाजनीति बनाए । देश र जनतालाई थाङ्नामा सुताए ।

यस देशको राजनीति जसले राज्यको नीति निर्माण गरेर देश र जनताको सर्वोपरि हितमा काम गर्नु पर्ने हो नेताहरुले हो तर यस देशका नेताहरु यो बेलामा जनता रोग र भोकले छटपटाई रहेको अवस्थामा आफ्नो कुर्सी कसरी बचाउने अनि म भन्दा ठूलो र म नै देशको सर्वश्रेष्ठ, सर्वज्ञानी र शक्तिशाली मान्छे हो भन्ने सोचाई देख्दा जनता आजित भएका छन् । जनताको मतले निर्वाचित जनताको सेवामा रहनु पर्ने तर जनताको सेवक नभएर शासक भएर रहेको भान आमजनताको बुझाई छ ।प्रधानमन्त्री जस्तो पदमा बसिरहँदा जनताको हित र राष्ट्रको जित नै आफ्नो उद्धेश्य रहनु पर्ने । जनता रोग र भोकले तड्पिरहँदा आफू जनताको भन्दा कुर्सीको चिन्तामा बढी गाजिएको भान जनताले गरेका छन् । आफ्नो समस्या समाधान गर्न नसक्ने प्रधानमन्त्रीले जनताको समस्या कसरी सम्वोधन गर्न सकून् ।

१८ वर्षे युवती विश्वको १०० प्रभावशाली र प्रेरणादायी महिलाको सूचीमा पर्न सक्छिन् तर पाँच वर्षका लागि यो देशमा सरकार चलाउन सक्दैनन् यस देशका नेताहरु । सहमति र सहकार्य व्यक्तिगत स्वार्थमा गरिन्छ अनि कसरी देशका जनतालाई सेवा र राष्ट्रको सर्वोपरि हित हुने काम गर्छन् ।राजनीतिलाई लाजनीति बनाए । देश र जनतालाई थाङ्नामा सुताए । जिउँदो मान्छेको सेवा गर्ने धेरै हुनुहुन्छ । यस समाजमा समाजसेवी पनि धेरै भेटिनुहुन्छ । तर,यतिका जिउँदो मान्छे भएको सहरमा कुनै कुनामा वषौंदेखि कुहिएर बसेका शव छन् । यो सुन्दा र सोच्दा पनि अनौठो होइन र ? भन्दै प्रश्न गर्छिन् सपना रोका मगर ।

जीवनमा जित हासिल गरिएन भनेर दुखी बन्नु हँुदैन , जित गुमाउँदा केही हँुदैन तर आत्मविश्वास गुमाउनु हुन्न ।जीवनका यात्रामा धेरै लडिन्छ तर हामीले उठ्न छोडनु हुन्न ।आत्मविश्वासले नै हामीलाई जीवनको सफलतामा पुर्याउँछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्