बरत राजवंशी,
कुमरखोद, मंसिर १९ । झापा गाउँपालिकाले हुलाकी राजमार्गबाट पीडित अतिविपन्न घरपरिवारलाई आवासको व्यवस्था गरिदिने भएको छ ।

अहिले हुलाकी राजमार्गले झापा गाउँपालिकाको वडा नं. २,४ र ५ मा कल्भर्ट र पैनीको कामलाई तिव्रता दिएको छ । हुलाकी राजमार्गमा केही अतिविपन्न परिवारका घरहरु बाटोमा परेपछि ती परिवारहरु विचल्लीमा परेका छन् । न तिनीहरुसँग पैसा छ, न अन्त सरेर घर बनाउने जग्गा नै ।
गाउँपालिका अध्यक्ष जयनारायण शाहले हुलाकी बाटोमा घर पर्ने अतिविपन्न परिवारलाई नआतिन र दुःखी नहुन आग्रह गरेका छन् । अध्यक्ष शाहले हुलाकी राजमार्ग छेउछाउ पर्ने घरहरु हटाउन अनुरोध समेत गरेका छन् । घर हटाउनलाई पाँच हजार रुपैयाँ समेत दिने भएका छन् । विपन्न परिवारमा यदि कसैको जग्गा भएर त्यस ठाउँमा घर बनाउन चाहन्छ भने गाउँपालिकाले एकलाख पचास हजार बराबरको टिनको छाना भएको घर बनाईदिने भएको हो । यदि विपन्न परिवारले आपैm घर बनाउन चाहेमा पचास हजार रकम दिने अध्यक्ष शाहले बताए । हुलाकी राजमार्गले गर्दा यदि कसैको एकधुर जग्गा पनि वच्दैन भने त्यस घरपरिवारलाई बस्नको लागि जग्गासहित आवास बनाईदिने वडा नं २ को कार्यालयमा आयोजित एक कार्यक्रममा अध्यक्ष शाहले जानकारी गराए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्