भद्रपुर , पुष १ । डाका मुद्धाका एक फरार प्रतिवादी पक्राउ परी जेल चलान भएका छन् ।

जेल चलान हुनेमा मेचीनगर १० का ४८ वर्षिय देशबहादुर राई रहेका छन् । झापा जिल्ला अदालत भद्रपुरको २०७६माघ २१ गतेको फैसला अनुसार डाका मद्धाका प्रतिवादी राईलाई ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना सुनाइएको थियो । उनले राखेको धरौटीबाट जरिवाना सदर भएको र कैदको हकमा २३ दिन असुल भई बाँकी ५ महिना ७ दिन बेरुजु रहेको अबस्थामा उनी फरार रहेका थिए ।

खोजतलास गर्ने क्रममा बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आज आफ्नै घरबाट उनलाई पक्राउ गरेको थियो । फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालतमा उपस्थित गराई अदालतको आदेशले बाँकी कैद भुक्तानको लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापा प्रहरीले विभिन्न मुद्धा लागेर फरार रहेका २२ जनालाई मंसिर महिनामा पक्राउ गरी कैद भुक्तानको लागि कारागार पठाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्