बिर्तामोड पुस, ५ । बिर्तामोड नगरपालिका –२ चैतुबारीमा शंकास्पद अवस्थामा एक महिलाको शव फेला परेको छ । स्थानीय दुर्वल राजवंशीकी श्रीमती अन्दाजी ४२ बर्षिया विनोसरी राजवंशीको शव आज (आइतबार) विहान खेतमा फेला परेको स्थानीयले बताएका छन् ।


घटनाबारे जानकारी पाएसँगै आफ्नो टोली अनुसन्धानका लागि घटनास्थल तर्फ गइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्