बिर्तामोड, पुस १९ । धुलावारी जेसीजको २०२१ को अध्यक्षमा राजिप प्रसाईँ निर्वाचित भएका छन् । २०२० को कार्यकालमा महासचिव पदमा रहेर जिम्मेवारी पुरा गरेका प्रसाईं शुक्रवार सम्पन्न शाखाको ४२ औँ साधारणसभा तथा शनिवार सम्पन्न निर्वाचन प्रक्रियाबाट प्रसाईँ अध्यक्षमा निर्वाचित भएका हुन् । प्रसाईँलेसँगै अध्यक्ष पदका लागि योगेश राजवंशी चुनावी मैदानमा थिए । प्रसाईँले ४३ मत प्राप्त गरेका थिए भने उपविजेता राजवंशीले ३८ मत प्राप्त गरेका थिए ।


शाखाको कार्यकारीय उपाध्यक्ष रविन्द्र पाठक (रविन), दिनानाथ भट्टराई, उपाध्यक्षहरुमा प्रताप खड्का, निश्चल पौडेल, विनोद थापा र भवेश काफ्ले निर्वाचित भएका छन् । यसैगरी धुवालारी जुनियर जेसीजको अध्यक्षमा सैलेश गौतम सर्वसम्वत निर्वाचित भएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्